२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनको मूल्य १०० रुपैयाँले घट्यो


0
Shares

काठमाडौं, पुस १६ । स्थानीय बजारमा बिहीबार पहेंलो धातुको मूल्य प्रतितोला रु. १०० ले ओरालो लागेको छ ।

छापावाला सुन प्रतितोला रु. ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ ।

छापावाला सुन बुधबार भने प्रतितोला रु. ९२ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु. ९१ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला रु. ९१ हजार ९५० मा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा रु. १०० ले घटेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर छ ।

चाँदी बुधबार र आजसमेत प्रतितोला रु एक हजार २०० मा कारोवार भएको छ ।