
काठमाडौं, पुस १६ । सत्तारुढ नेपा कम्युनिष्ट पार्टी (नेकपा) विवादको प्रकरणले संघदेखि प्रदेशसम्म पिरेको छ ।
प्रधानमन्त्री केपी ओली पक्षमा रहेका प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता शेरधन राईलाई अर्को पक्षले दलको नेताबाट बर्खास्त गरिएको छ ।
नेकपाको दाहाल–नेपाल समूहले राईलाई प्रदेश १ को संसदीय दलको नेताबाट हटाएको हो । यसअघि उक्त समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।
बिहीबार बसेको दाहाल–नेपाल पक्षीय बहुमत सांसदको बैठकले राईलाई दको नेताबाट हटाउँदै दाहाल–नेपाल समूहका भीम आचार्यलाई नेता चनेर मुख्यमन्त्रीमा प्रस्ताव समेत गरिएको छ ।
प्रदेश १ मा नेकपाका ६७ सांसद रहेकामा ३६ जना राईलाई हटाउनु राजी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्