
काठमाडौं, पुस १६ । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरिएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध नवलपरासीका उखु किसानले आफ्नो उत्पादनको पैसा नतिरेको उजुरी परेको छ । त्यही अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले थप अनुसन्धानका लागि नवलपरासी पठाइएको जानकारी दिनुभएको छ ।
यो मिलले उखु किसानको १५ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ ।
सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्ने सहमति किसानसँग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्