१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस


0
Shares

काठमाडौं, पुस १७ । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । एक वर्ष पहिले कोरोना भाइरसको शुरुवात भएको देश चीनमा त्यसको वर्ष दिनपछि बेलायतमा देखा परेको नयाँ प्रकार चीनमा पनि फेला परेको हो ।

चीनको वुहान हुँदै विश्वभर पुगेको कोरोनालाई नियन्त्रण गर्न नपाउँदै फेरि भाइरसको नयाँ प्रकार फेला परेको हो ।

चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलिरहेको छ । यसको संक्रमण गति तीब्र मानिन्छ ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत नै धेरै देशले बन्द गरेका छन् ।