१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डब्लूएचओद्वारा आपतकालीन अवस्थामा फाइजर बायोटेकका खोप प्रयोग गर्न अनुमति


0
Shares

काठमाडौं, पुस १७ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आपतकालिन प्रयोगका लागि फाइजर बायोटेकको कोभिड १९ खोप उपयुक्त हुने जनाएको छ ।

डब्लुएचओले यो खोप विकाशसिल राष्ट्रहरुका लागि अझ सहज रुपमा उपलब्ध गराउन सकिनेसमेत जनाएको छ ।

डब्लुएचओको यो निर्णय विभिन्न देशले खोप आयायातका लागि आफ्नै संयन्त्र निर्माणगर्नसहज हुने जनाएको छ ।

यस्तै डब्लुएचओले अन्य राष्ट्रसंघीय निकायहरु युनिसेफ र अन्य निकायहरुले पनि खोप वितरणका लागि अनुमति लिन सक्ने जनाएको छ ।

डो निर्णयसँगै कोरोनााविरुद्धको खोप विश्वव्यापी रुपमा उपलब्ध गराउन सहज हुने डब्लुएचओका सहायक महानिर्देशक डा मारियान्गेला सिमाओले बताउनुभयो ।

उहाँले जनासंख्याको आधारमा प्राथमिता तय गरेर खोप वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिका, क्यानडा, कतार बहराइन र मेक्सिकोलगायतका मुलुकमा यो खोपको व्यवस्थापन भइसकेको छ । (एजेन्सी)