
काठमाडौं, पुस १७ । युरोपियन युनियनसँग ब्रेक्जिट सहमतिबाट औपचारिक रुपमा बाहिरिएसँगै बेला बेलायतका लागि नयाँ युग सरु भएको बताइएको छ ।
यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहयोगको प्रतिस्थापनको व्यवस्था लागू भएपछि बेलायत ईयूबाट स्वतन्त्र भएको बताइएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले बेलायत ब्रेक्जिटबारे निर्णय गर्न स्वतन्त्र रहेकाले लामो छलफलपछि निर्णयमा पुगको बताउनुभयो ।
नयाँ वर्षको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री जोनसनले ईयूसँग ब्रेक्जिट सम्झोता तोडिएपनि दुवै पक्षले स्वतन्त्र रुपमा व्यापारमा सहभागी हुन पाउने बताउनुभयो ।
उहाँले केही हप्ता नयाँ नियमहरु कार्यान्वयनमा नआएसम्म सीमाहरुमा केही समस्या भएपछि चाँडै हल गर्ने बताउनुभयो ।
नयाँ व्यवस्था अनुसार बेलायतका उत्पादनहरु ईयूको आन्तरिक बजारमा लैजान कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
बेलायत र ईयू आवद्ध राष्ट्रहरुमा हुने व्यापारमा थप कर नलगाउने सहमति भएको बीबीसीले उल्लेख गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्