२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनको मूल्यमा वृद्धि


0
Shares

काठमाडौं, पुस १७ । स्थानीय बजारमा शुक्रबार पहेंलो धातुको मूल्य प्रतितोला रु. ४०० ले उकालो लागेको छ ।

छापावाला सुन प्रतितोला रु. ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतितोला रु. ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन शुक्रबार भने तोलामा रु. ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु. ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

सो सुन बिहीबार तोलामा रु. ९३ हजार ६०० मा कारोेवार भएको थियो ।

चाँदीको मूल्य भने शुक्रबार पनि स्थिर छ ।

चाँदी तोलामा रु. एक हजार ३०० मा कारोवार भएको छ ।