१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा नेता एवं गृहमन्त्री रामबहादुर थापाको निष्कर्षः ‘संसद विघटन अग्रगामी कदम’


0
Shares

rambahadur thapa

काठमाडौं, पुस १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं गृहमन्त्री रामबहादुर थापाले संसद विघटनलाई अग्रगामी कदमको संज्ञा दिनुभएको छ ।

कुनै बेला संसदलाई कुकुरको मासु बेच्ने थलो भन्दै व्यक्तिहत्या जस्तो निष्ठूर आपराधिक माओवादी अभियानको नेतृत्व गर्नुहुने थापाले प्रधानमन्त्री ओलीले गराएको संसद विघटनलाई जायज ठहराउनुभएको हो ।

प्रधानमन्त्री ओलीको कदमका कारण पार्टी विभाजनको मुखमा पुग्दा केही समय मौन बस्नुभएका थापाले अन्ततः संसद विघटनालाई अग्रगमनकारी कदम भन्दै यस लडाइँमा आफूहरु विजयी हुने दावी पनि गर्नुभएको छ ।

शुक्रबार ललितपुरको लगनखेलमा आयोजित ललितपुर महानगरस्तरीय कार्यकर्ता भेलामा थापाले नेकपा भित्रको विभाजनलाई अग्रगमन र प्रतिगमनको संज्ञा दिँदै आफू प्रधानमन्त्री ओलीको अग्रगमनलाई साथ दिने निष्कर्षमा पुगेको सुनाउनुभयो ।

थापाले भन्नुभयो, ‘संसद विघटन संवैधानिक हो कि असंवैधानि ? प्रतिगामी कदम कि अग्रगामी भन्ने बहस छ। हाम्रो नजरमा यो अग्रगामी कदम हो । ठूलो राजनीतिक कदम हो । यो फेरि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कदम हो ।’

आफूहरु फुट र गुटको पक्षमा नभएर स्थायित्व र समृद्धिको पक्षमा रहेको जिकीर गर्दै थापाले अहिले राष्ट्रको पक्षमा उभिने कि आत्मसमर्पणको पक्षमा उभिने भन्ने निर्णय गर्ने बेला भएको तर्क गर्नुभयो ।

पार्टी विभाजनमा वाह्य शक्तिको हात रहेको भन्दै उहाँले नेकपा विभाजनका लागि प्रतिगामी शक्तिले तीनवटा रणनीति बनाएको दाबी गर्नुभयो ।