३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


रवि लामिछानेविरुद्ध काठमाडौंमै अर्को उजुरीः शालिकरामकी श्रीमतीको किटानी जाहेरी


0
Shares

काठमाडौं, भदौं १ । पत्रकार रवि लामिछानेविरुद्ध फेरि अर्को उजुरी परेको छ । रविविरुद्ध आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले उजुरी दिएकी हुन् ।

जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध उनले काठमाडौं प्रहरीसमक्ष किटानी जाहेरी दिएकी हुन् ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै जाहेरी दिएकी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

उनको जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

पतिको तेह्र दिनको काजकिरिया सकाएपछि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उनले जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले अहिले लामिछानेसहित तीनै जनाविरूद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको समय पाएको छ ।