१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको सीनेट कस्को नियन्त्रणमा रहने जर्जियाका मतदाताले फैसला गर्दै


0
Shares

us election georgia

काठमाडौं, पुस २१ । अमेरिकाको माथिल्लो सदन सीनेट कस्को नियन्त्रणमा रहने भन्ने फैसला दिन जर्जियाका मतदाताले आज मत दिँदैछन् ।

गत नोभेम्बरमा गरिएको निर्वाचनमा सीनेटमा निर्वाचित हुन आवश्यक अर्थात् पचास प्रतिशत मत कटाउन नसकेपछि जर्जियामा जनवरी ५ मा दोहोर्‍याएर मतदान गर्न लागिएको हो ।

जर्जियाबाट चुनिएर आउने दुई सीट जनवरी २० बाट अमेरिकाको नेतृत्व सम्हाल्न लाग्नुभएका जो बाइडनका लागि अमेरिकी सदनको दुबै सदनमा आफूनुकूल बनाउन अत्यन्तै महत्वपूर्ण छ भने रिपब्लिकनका लागि सीनेटमाथिको नियन्त्रण नगुमाउन उत्तिकै महत्वपूर्ण ।

us election electoral college will cast vote

अमेरिकी संसदको तल्लो सदनमा डेमोक्र्याट्सहरुले लगातार बहुमत राख्न सफल भएका छन् भने उनीहरुका लागि माथिल्लो सदनमा दुई सीट कम भएको छ । जुन जर्जियामा आज हुने निर्वाचनले पूर्ति गर्न सक्छ ।

सन् २०१४ देखि सीनेटमा आफ्नो नियन्त्रण कायम गरेको रिपब्लिकनसँग हाल ५० सीट रहेको छ भने डेमोक्र्याटससँग ४८ सीट रहेको छ । यो दुई सीट हात पार्न सके डेमोक्र्याटसँग पनि रिपब्लिकनको बराबर ५० सीट हुनेछ ।

सीनेट सभाको अध्यक्षता गर्ने जिम्मेवारी उपराष्ट्रपतिको भएकाले निर्णायक मताधिकार हुने उपराष्ट्रपति डेमोक्र्याट्ससँग भएको फाइदा जो बाइडनलाई हुनेछ । त्यसैले पनि यो दुई सीटको महत्व बढेको हो ।

निर्वाचित राष्ट्रपति बाइडन र पराजित वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले मतदातालाई आफ्ना पक्षमा पार्न अन्तिम कसरत गर्दै हुनुहुन्छ ।

us Trump lose the election

रिपब्लिकन र ट्रम्पकालागि भने मतदानको पूर्वसन्ध्यामा आफूलाई जिताउनका लागि ट्रम्पले जर्जियाका निर्वाचन अधिकृतलाई दबाब दिएको अडियो लिक भएकाले निकै अफ्ठ्यारोमा परेको जनाइएको छ ।

जर्जियामा डेमोक्र्याटस्का तर्फबाट राफल वार्नक र जोन ओसोफ मैदानमा हुनुहुन्छ भने रिपब्लिकनका तर्फबाट वहालवाला सिनेटर डेभिड परडु र केली लोफर आफ्नो सीट जोगाउने कसरतमा हुनुहुन्छ ।

Republican candidate

राष्ट्रपति निर्वाचनमा भने ३० वर्षयता पहिलो पटक जर्जियामा जित्दै डेमोक्र्याट उम्मेदवार बाइडनले त्यहाँको इलेक्टोरल कलेज आफ्नो पक्षमा पार्नुभएको हो । उता ट्रम्प भने यस्तै परिणामका कारण रन्थनिनुभएको छ र हार स्वीकार नै गर्न सक्नुभएको छैन ।

Democrats candidate

नोभेम्बरको निर्वाचनमा रिपब्लिकन उम्मेदवारले बढी मत ल्याए पनि जीत निकाल्न सकेका थिएनन् । पुननिर्वाचन भएकाले दुबै पक्षले सारा शक्ति केन्द्रित गराएका छन् । मतदान शुरु भइसकेको छ भने अघिल्ल निर्वाचनमाभन्दा बढी मत खस्ने अनुमान छ ।

यस्तोमा यहाँको दुई सीटको कस्को पोल्टामा जाला भन्ने प्रष्ट हुनका लागि भने मंगलबार मतदान सकेलगत्तै गरिने मतगणनाको प्रतीक्षा गर्नुपर्नेछ ।