
झापा, पुस २१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा मंगलबार भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १-०२-०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनीसँगै मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-१ की सलिना राई घाइते भएकी छन् ।
उनीहरु दुवैलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्