
काठमाडौं, पुस २१ । साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ ।
ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालयमा मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो ।
साझा प्रकाशनका संञ्चालक समितिको निर्वाचन वि.स. २०७२ साल यता हुन सकेको थिएन ।
विद्यमान ऐन अनुसार वि.स. २०७५ को असार मसान्त भित्र अध्यक्ष सहितको सञ्चालक समितिको निर्वाचन भईसक्नुपर्ने थियो ।
व्यवस्थापकिय समस्यामा राजनीति मिसिएपछि साझा प्रकाशनको साधारणसभा प्रभावित बन्दै आएको थियो ।
साझा प्रकाशनको विनियममा हरेक ३ बर्षमा पदाधिकारी निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।
पछिल्लो सहकारी नियमावलि वि.स. २०७५ अनुसार वि.स. २०७५ असार मसान्त भित्र साधारणसभा गरिसक्नुपर्ने थियो ।
पटक पटक सरकार परिर्वतन, राजनीतिक नियुक्तिले अस्तव्यस्त र राजनीति गर्ने अखडा बनेको साझा प्रकाशनले पछिल्लो पटक वि.स. २०७७ बैशाख २७ गतेका लागि साधारणसभा तोकेको भएपनि कोरोनाका कारण पुनः स्थगित गरिएको थियो । साझा प्रकाशनको अध्यक्षका लागि साहित्यकार डा बिजय सुब्बा र पुर्व सञ्चालक जीवनचन्द्र कोइराला प्रतिस्पर्धामा उत्रिनुभएको छ ।
आफुलाई “सिंगो साझा बचाउ अभियानले” उम्मेदवारी बनाएको र साझा भित्र मौलाएको भ्रष्टाचारको अन्त्य गरि राजनीति बाट जोगाएर साहित्यकारहरुको साझा संस्था बनाउन सदस्यहरुले आफुलाई बिजयी बनाउने विश्वास डाक्टर सुब्बाले व्यक्त गर्नुभयो ।
अर्का अध्यक्षका प्रतिष्पर्धी जीवनचन्द्र कोइरालाले पनि साझा भित्रको व्यवस्थापकिय कमिकमजोरी र भौतिक पुर्वाधारको पुर्नसंरचनाका लागि आफुले उम्मेदवारी दिएको बताउनुभएको छ ।
कोभिडको जोखिमलाई मध्यनजर गरि साझा प्रकाशनले शुक्रबार ३ बजे सम्मका लागि कार्यालय परिसरभित्र मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ ।
निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले स्वास्थ्य सर्तकताका मापदण्ड अपनाएर मतदानको व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।
सहकारी ऐन वि.स. २०७४ अनुसार अब निर्वाचित पदाधिकारीको समायावधि ४ बर्षको हुनेछ ।
साझा प्रकाशनको वि.स. २०७०/७१ देखि लेखा परीक्षण हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्