
काठमाडौं, पुस २१ । चिनियाँ राष्ट्रपति शी चिनफिङले चीनको सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिनुभएको छ ।
नयाँ वर्षको अवसरमा देशको सशस्त्र शक्तिलाई आदेश दिँदै चिनियाँ राष्ट्रपति शीले ‘पूर्णकालिन युद्धका लागि तत्पर’ रहन भन्नुभएको हो ।
यद्यपि, यस्तो युद्ध कोसँग कहिले हुनेछ वा हुनसक्छ भन्नेमा भने उहाँले कुनै इशारा गर्नुभएन । जबकी गएको वर्ष २०२० मा चीनले छिमेकी भारतसँग सीमावर्ती क्षेत्रमा निकै नै सास्तीपूर्ण संघर्ष व्यहोर्नुपरेको थियो ।
यसैगरी दक्षिणी चिनियाँ सागरमा पनि अमेरिकाको बढ्दो चासोका कारण उसले सैन्य मार्च र परेड नै पनि गरेको थियो ।
चिनियाँ सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका शीले सैन्य क्षमता चमकाउनका लागि अग्रदस्ताको घर्षण उपयोग गर्नैपर्नेमा जोड दिनुभयो ।
पिपुल्स लिबरेशन आर्मी (पीएलए) कुनैपनि समय कामका लागि तयार हुनुपर्ने भन्दै उहाँले सैन्य क्षेत्रमा उच्च प्रविधि, नयाँ ज्ञान, इन्टरनेट प्रयोगको क्षमता राख्न पनि आदेश दिनुभएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्