२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रसुवामा सोमबार रातिदेखि हिमपात


0
Shares

रसुवा, पुस २१ । रसुवाका उच्च लेकाली क्षेत्रमा रोमबार रातिबाट हिमपात भएको छ ।

लाङटाङ, क्यान्जिङ, गोसाईकुण्ड यार्सा, गत्लाङ र नागथलीजस्ता उच्च क्षेत्रमा हिमपात भएको हो ।

हिमपातका कारण चिसो बढेकाले जनजीवन कष्टकर भएको गोसाँईकुण्ड गाँउपालिका–४ लाङटाङका स्थानीयले बताएका छन् ।

स्थानीय प्रशासनले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन र वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन अनुरोध गरेको छ ।