
काठमाडौं, पुस २१ । नेकपाको दाहाल-नेपाल समुहले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ ।
यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो ।
बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएको हो ।
संसदीय दलको नेतामा शत्रुधन महतो चयन हुनुभएको छ ।
नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक तय गरिएको थियो ।
महतोको एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध दलको नेतामा चयन भएको सांसद गोबिन्दबहादुर न्यौपानेले जानकारी दिनुभयो । नेकपाको कुल ३२ सांसदमध्ये १८ जनाले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
दाहाल–नेपाल समुहले आजै सभामुख सरोज कुमार यादवलाई नयाँ संसदीय दलको नेता चयन भएकोबारे जानकारी गराएको छ ।
नेकपा विभाजनसंगै संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको छ ।
प्रतिक्रिया दिनुहोस्