५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा


0
Shares

सुुदूरपश्चिम, पुस २२ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

मन्त्रालयमा बुधबार अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभयो ।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उहाँले स्पष्ट गर्नुभयो ।

उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिनुहुन्छ । रासस