
काठमाडौं, पुस २२ । बेलायतबाट नेपाल आएकामध्ये तीन जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संकेत देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थप परीक्षणका लागि हङकङ पठाउने तयारी भएको जनाएको छ ।
पुस १ गतेदेखि नेपाल आएका ६ जनामा कोरोना संक्रमण देखिएको र तीमध्ये ३ जनामा नयाँ स्वरुपको भाइरसको संकेत फेला परेको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाकी निर्देशक डा. रुना झाले परीक्षण गरिएकामध्ये तीन जनामा नयाँ प्रकारको संक्रमणको शंका पश्चात थप परीक्षण गर्नु पर्ने बताउनुभयो ।
पुस १ गतेदेखि बेलायतबाट २ सय ७७ जना नेपाल आएका छन् ।
स्वास्थ्य मन्त्रालयले उनीहरुलाई निगरानीमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्