१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025

विश्वविद्यालय मशानघाट जस्ताे भयाे: केदारभक्त माथेमा


0
Shares

काठमाडौं, भदौ ३ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले विश्वविद्यालय मशानघाट जस्ताे बनेकाे टिप्पणी गरेका छन् ।

काठमाडौंमा गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकाे २४ अाैं स्थापना दिवस कार्यक्रममा माथेमाले कीर्तिपुर पुग्दा मशानघाट पुगे जस्ताे हुने गरेकाे भन्दै दुखेसो पाेखे ।

दलीयकरणले सबै संस्थाहरू थिलथिलाे र निकम्मा भएकाे भन्दै यसकाे मूल कारक सत्ता चलाउने दलहरू नै भएकाे उनकाे भनाइ थियाे ।

विश्वविद्यालयहरू विश्वविद्यालय जस्ता नै रहेनन् । अझ पछिल्ला दिनमा त्रिविसँग जाेडिएर अाएका प्रकरणले अाफुलाई पीडा दिइरहने माथेमाले बताए ।

सांसद भएकाहरू अा-अाफ्ना निजी व्यापारकाे संरक्षणमा लागेकाे देख्दा एउटा कार्यक्रममा अाफुले उनीहरूलाई चेम्बर अफ कमर्शका सदस्य भनाैं कि के भनेर संबाेधन गराैं भनेकाे उनले सुनाए ।

दलका नेता डाक्टरकाे प्रेस्क्क्रिप्सन नमान्ने तर धामीझाँक्री लाउने चरित्रका भएकाे उनले बताए।

संस्था चलाउनेहरूमा अपनत्व नभएकाे भन्दै यदि सही ढंगले चलाउने हाे भने अब हरेक विश्वविद्यालय, कलेज ट्रष्ट राख्नुपर्ने सुझाव दिँदै माथेमाले सरकारलाई इतिहास रच्ने अवसर रहेकाे बताए ।

 नीति निर्माताका निकम्मापनकै कारण अहिले हर विदेशीले हेप्ने गरेकाे माथेमाले सुनाए ।

परम्परागत साेच भएकाे समाजमा भ्रष्टाचार हुने भन्दै उनले  परिवारवाद, संरक्षणवाद, ठेकेदारी/दलाली, गूटवादसमेत भ्रष्टाचारमा प्रत्यक्ष जाेडिएकाे उल्लेख गरे ।

‘शक्तिकाे दुरुपयोग गर्दै भ्रष्टाचारमा यसैगरी लिप्त भइरहे कुनै दिन मुलुककाे इतिहास लेखिँदा राजनीतिक दलकाे राम्रो मूल्यांकन हुनेछैन’ माथेमाले भने ।

दलीयकरणले कर्मचारी प्रशासन ध्वस्त भएकाे भन्दै उनले कर्मचारीतन्त्रलाई निश्पक्ष रूपले चल्न दिन माग गरे ।

नागरिकमा चरम निराशा बढेकाे भन्दै माथेमाले मुलुक जाेगाउनका लागि नागरिक र सञ्चार क्षेत्रले निरन्तर खबरदारी गर्नु पर्ने अावश्यकता अाैंल्याए ।