१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


निसीखोला गाउँपालिका पर्यटकीय क्षेत्रको प्रचारप्रसार अभियान तिब्र


0
Shares

बागलुङ, पुस २२ । बागलुङको निसीखोला गाउँपालिकाले पालिका भित्र भएका सबै पर्यटकीय क्षेत्रको प्रचार अभियानलाई तिब्रता दिएको छ ।

गाउँपालिकाले पूर्वी रुकुम, रोल्पा, प्युठनसँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारलाई तीव्रता दिएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलले अधिकांश क्षेत्रको गुरु योजना तयार गरेर पूर्वाधार निर्माण गर्ने योजना रहेको र केही पर्यटकीय गन्तव्यहरुको पूर्वाधार निर्माण भई रहेको र केही निर्माणको चरणमा रहेको बताउनुभयो ।

पौडेलले पालिका भित्र धेरै सम्भावना बोकेका पर्यटकीय गन्तव्य रहेको हुँदा तिनीहरुको विकासका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर विकास गर्ने बताउनुभयो ।

गाउँपालिकाले नै बहिनी छहरा, कोठेभिर, नाङ्गे धूरी, नरसिंहकोट, अर्नाकोट निसेल ढोरपाटन र रिग ताल लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार थालेको हो ।

पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरु मध्ये धेरैजसो स्थान मोटरबाटोले जोडिएको र केहीमा भने अझै पुगेको छैन ।

सबै ठाउँमा सडक सञ्जाल जोड्नका लागि गाउँपालिकाले सर्वे गरिसकिएको गाउँपालिकाले जनाएको छ ।