१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा घुससहित सव इन्जिनियर पक्राउ


0
Shares

तनहुँ, पुस २२ । तनहुँमा एक लाख ५० हजार रुपैयाँ घुस सहित सव इन्जिनीयर पक्राउ परेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सव इन्जिनियर सुरेन्द्र अधिकारीलाई अख्तियारको टोलीले बुधबार एक लाख ५० हजार रुपैयाँघुससहित पक्राउ गरेको हो ।

व्यास नगरपालिका–२ मालपोत लाइनमा रहेको भिरकोट रेष्टुरेन्टबाट अधिकारीलाई घुस रकम लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका डिएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

भानु नगरपालिका–५ मैवल स्थित सरस्वती माध्यामिक विद्यालयको शौचालय भवन निर्माणको अनुगमन गरेवापतको कमिसन लिने क्रममा थारुको नेतृत्वमा आएको अख्तियारको टोलीले अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो ।