६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कोमलमाया खड्ग बस्नेत स्मृति कप फुटबलमा मेलम्चीको विजयी यात्रा


0
Shares

बाह्रबिसे, पुस २२ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ पालाँतीमा बुधबारबाट जिल्लास्तरीय नाईन ए साईड फुटबल प्रतियोगिता सुरू भएको छ ।

१ लाख ११ हजार १ सय ११ पुरस्कार राशीको कोमलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो खेलमा मेलम्ची नगरपालिकाले बिजयी सुरु गरेको छ ।

मेलम्चीले भोटेकोशी गाउँपालिकालाई ४.०ले पराजित गर्‍यो ।

मेलम्चीका सञ्जन माझीले ह्याट्रिक गरे भने जीवराज ढकालले थप एक गोल गरे ।

आउँदो पुस २८ सम्म चल्ने प्रतियोगिताको पहिलो खेलमा ३ गोल गरेका माझी म्यान अफ दि म्याच घोषित भए ।

सिन्धुपाल्चोकका स्थानीय तह बिच प्रतिष्पर्धा हुने प्रतियोगितालाई नेपाली कांग्रेस खेलकुद विभागले आयोजना गरेको हो ।

प्रतियोगितामा जिल्लाका १२ मध्ये नौ स्थानीय तहले सहभागिता जनाएका छा् ।

जिल्ला खेलकुद बिकास समितिको प्राविधिक सहयोगमा सुरू गरिएको उक्त प्रतियोगितामा दोस्रो हुनेलाई पचपन्न हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरिनेछ ।

कुल ९ लाख रूपैयाँ लागत अनुमान गरिएको उक्त प्रतियोगिताको आर्थिक व्यवस्थापन पुुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको परिवारले गर्नेछ ।

उत्कृष्ठ खेलाडीलाई २० हजार नगद, हरेक खेलको म्यान अफ दि म्याचलाई पाँच हजार र ट्रफि प्रदान गरिने अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष बीरबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र स्ट्राइकरलाई पनि नगद ७ हजार र ट्रफि प्रदान गरिनेछ ।

स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप प्रतियोगिता आयोजना गर्न लागिएको पूर्व मन्त्री बस्नेतले बताए ।