१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जर्जिया सिनेटको दुई सीट पोल्टामा पारेसँगै अमेरिकी माथिल्लो सदन पनि डेमोक्र्याटको पक्षमा


0
Shares

एजेन्सी, पुस २३ । जर्जिया सिनेट सदस्यका लागि भएको पुनर्निर्वाचनमा जितेसँगै अमेरिकी संसदको दुबै सदनमा डेमोक्र्याटहरुले बहुमत हासिल गरेका छन् ।

जर्जिया राज्यको दुई सिनेट सीटका लागि गराइएको रनअफ अर्थात् पुनर्निर्वाचनमा दुबै सीटमा डेमोक्र्याट उम्मेदवार विजयी भएसँगै माथिल्लो सदन सिनटमा पनि डेमोक्र्याटलाई सुबिधाजनक बहुमत पुगेको हो ।

जर्जियामा भएको चुनावमा डेमोक्रेट उम्मेदवार राफायल वार्नक र जोन असफ विजयी हुनुभएको हो । राफालय वार्नकले केली लेफ्लर तथा जोन असफले डेविड पर्ड्यूलाई पराजित गर्नुभएको हो ।

अब सिनेटमा डेमोक्रेट र रिपब्लिकनको बराबर अर्थात् ५०–५० सिट भएको छ । सिनेटको अध्यक्षता उपराष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था अनुसार कुनै विषयमा मत बराबर भएमा निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले निर्णायक मत दिने हुनाले राष्ट्रपति जो बाइडनलाई दुबै सदनको साथ मिल्ने भएको हो ।

लामो समयपछि सिनेटमा बहुमतमा आएको डेमोक्र्याटसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभसमा यसअघि नै बहुमत कायमै थियो ।

वार्नक जर्जियाबाट सिनेटमा प्रतिनिधित्व गर्ने पहिलो अश्वेत अमेरिकी बन्दा खोज पत्रकार एवं वृत्तचित्र निर्माता ३३ वर्षे असफ कम उमेरका सिनेट सदस्य बन्नुभएको छ ।