१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको लागि कालो दिनः अमेरिकी उपराष्ट्रपति माइक पेन्स


0
Shares

us mike pence

काठमाडौं, पुस २३ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ६ जनवरी अमेरिकी इतिहासमा कालो दिन बनेको भन्दै संसद भवनमाथि राष्ट्रपति डोनल्ड ट्रम्पले गराएको आक्रमणको निन्दा गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पका हिंस्रक जत्थाले संसदमा गरेको आक्रमणपछि शुरु भएको संसदको संयुक्त सदनमा मन्तव्य राख्दै उपराष्ट्रपति पेन्सले भन्नुभयो, ‘तिमले जितेनौं, हिंसा कहिँ पनि जित्दैन । हाम्रो क्यापिटलमा हिंसाको कुहिरो लगाउन खोज्ने तिमी कहिल्यै जित्दैनौं ।’

पेन्सले भन्नुभयो, ‘हिंसा कहिले पनि जित्दैन । स्वतन्त्रताको जित हुन्छ । यो पनि मानिसको घर हो । जसरी हामी यस कक्षमा फेरि संगठित भएका छौैं । दुनियाँ फेरि यस्तो हिंसा र बर्बरताका बीच पनि हाम्रो प्रजातन्त्रको लचिलोपन र ताकतको साक्षी बन्नेछन् ।’

संयुक्त राज्यको जनताका लागि चुनिएका प्रतिनिधि फेरि एकत्रित भएको भन्दै उहाँले ट्रम्पको गतिविधिप्रति असन्तोष जनाउनुभयो ।