२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सर्वोच्चले प्रतिनिधिसभा फर्काउँछः कांग्रेस नेता रिजाल


0
Shares

चितवन, पुस २३ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गर्नुभएको छ ।

यहाँ बिहीबार पत्रकारसँग कुरा गर्दै डा. रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ । मुलुक अहिले निर्वाचनको बाटोमा जाँदैन ।”

संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा पार्टी केन्द्रीय सदस्य डा. रिजालले आगामी फागुनमा कांग्रेसको महाधिवेशन सम्भव नरहेको बताउनुभयो ।

संविधानले दिएको अधिकार प्रयोग गरी त्यसपछिको ६ महिनामा पार्टीको महाधिवेशन गरिने उहाँको जिकिर थियो ।