
काठमाडौं, पुस २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा सञ्चालन हुने भएको छ ।
मन्त्रिपरिषद्को सामाजिक विकास समितिमा ८ कक्षाको परीक्षा स्थानीय सरकारले, एसईईको प्रदेश सरकारले र १२ को राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटे पछि सो प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ ।
सो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुनेछ ।
अब एसईई परीक्षा प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा हुनेछ ।
सचिवको अध्यक्षतामा परीक्षा बोर्ड र प्रदेश शिक्षा निर्देशनालयले प्राविधिक कामका साथ सर्टिफिकेसन र प्रमाणीकरण गर्नेछ भने राष्ट्रिय परीक्षा बोर्डले सहजीकरण गर्नेछ ।
संघीय व्यवस्था अनुसार शिक्षाको कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको प्रस्ताव गरिए पनि हाल ऐन अन्तर मन्त्रालय छलफलमा छ ।
ऐन लागु भएपछि शिक्षा नीति सोही बमोजिम हुनेछ ।
अहिलेको प्रस्ताव पनि ऐनको ड्राफ्ट अनुसार नै मिल्दोजुल्दो रुपमा तयार पारिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फारम र कक्षा १० (एसईई) को आवेदन फारम भने खुलाइसकेको छ ।
१६ पुसदेखि २१ माघसम्ममा विद्यालयले विद्यार्थीको रजिष्ट्रेशन र आवेदन फारम भराइसक्न बोर्डले भनेको छ ।
मन्त्रिपरिषद्बाट पारित हुनासाथ यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्