१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बहुविवाह गर्ने पक्राउ


0
Shares

सप्तरी, पुस २३ । जेठी श्रीमति हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो। इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जेठी श्रीमति सैरुन खातुनको उजुरीमा बहुविवाह गरी कञ्चनरुपस्थित घरमा बसेका इब्राहिम र उनकी कान्छी श्रीमति हसिनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

कान्छी श्रीमति हसिना सुनसरीको भोक्राहा गाउँपालिका–३ का मन्सी मिंयाकी छोरी हुन् ।

भोक्राहामा नै विवाह गरी मङ्सिर १३ गते मात्र घर आएका आरोपित पतिले कान्छी श्रीमति भन्दै घर भित्र्याएको पीडितले बताउनुभयो ।

पीडित सप्तरीको खडक नगरपालिका–१० फुलबडियास्थित माईत विस्थापित हुनुहुन्छ ।

उहाँको १२ वर्षीय छोरा हुनुहुन्छ । रासस