२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


घर फर्किन प्रधानमन्त्री ओलीलाई भट्टराईको आग्रह


0
Shares

पोखरा, पुस २३ । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर घर फर्किन आग्रह गर्नुभएको छ ।

नेकपा निकट सम्बद्ध जनवर्गिय संगठनको जिल्लास्तरीय संयुक्त भेलालाई पोखरामा सम्बोधन गर्दै भट्टराइले प्रधानमन्त्रीले गल्ति गरेको भन्दै अब ढिला नगरी घर फर्कन सुझाब दिनुभयो ।

भट्टराइले प्रधानमन्त्री ओलीलाई प्रतिक्रान्तिकारी र प्रतिगमनकारी भएको आरोप पनि लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले अग्रगमन र संघीय लोकतन्त्रमाथि कुठाराघात गरेको भन्दै प्रधानमन्त्री ओली प्रतिक्रान्तिका नायक भएको बताउनुभयो ।

भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनुभयो ।

भट्टरार्ईले सर्वाेच्च अदालतले संसद पुर्नस्थापना गर्ने दाबी गर्नुभयो ।

भट्टराईले २०४६ सालपछि अहिलेसम्मका पूर्व प्रधानन्यायाधीश, पूर्व महान्यायाधिवक्ता र बारका पूर्व अध्यक्ष सबै प्रधानमन्त्रीको कदमको विपक्षमा रहेको दावी गर्नुभयो ।

नेता भट्टराईले अधिनायकवादी ओलीलाई सेनाले पनि साथ नदिने बताउनुभयो ।

‘ज्ञानेन्द्र शाहको पथमा हिँडेका ओलीलाई सेनाले पनि साथ नदिने भन्दै ‘ज्ञानेन्द्रको जत्तिको जग ओलीको नभएको बताउनुभयो । ज्ञानेन्द्रलाई त साथ नदिएको सेनाले ओलीलाई साथ नदिने उहाँको भनाई छ । सेना लोकतान्त्रिकरण भइसकेको बताउँदै भट्टराईले ‘सेना सत्ता र शक्तिको पछि लाग्दैन भन्नुभयो । सेनाले अब ज्ञानेन्द्रलाई जस्तै ‘प्रधानमन्त्रीलाई पनि सिंहदरबारबाट बालकोट सिफ्ट गर्ने तयारीमा रहेको बताउनुभयो ।