२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


छत्रदेव गाउँपालिकाको सबै सेवा एक हप्ताको लागि बन्द


0
Shares

अर्घाखाँची, पुस २३ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सबै सेवा एक हप्ताको लागि बन्द गरिएको छ ।

अध्यक्ष पोख्रेल सहित गाउँपालिकाका ९ जनालाई संक्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका अति आवश्यक बाहेका सम्पुर्ण सेवा बन्द गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले कोरोनाका कारण एक हप्ताका लागि सेवा बन्द गरिएको विज्ञप्ति मार्फत जानकारी दिनुभयो ।

गाउँपालिका भित्र सेवा संचालन गर्दा कोरोना समुदाय स्तरमा फैलने भन्दै यसलाई रोकथामको लागि गाउँपालिकाका अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको हो ।