
काठमाडौं, पुस २३ । धितोपत्र बोर्डले बुक बिल्डिङका लागि मूल्य तोक्न ४६ वटा संस्थालाई छनौट गरेको छ ।
बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा यी संस्थालाई स्वीकृति प्रदान गरेको बिहीबार विज्ञप्ती जारी गरि जानकारी गराएको हो ।
६२ संस्थाहरुले निवेदन पेश गरेकामा ४६ वटा संस्था छानिएको बोर्डले जनाएको छ ।
धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले यसअघि निर्देशिका जारी गरेको थियो ।
बोर्डले इच्छुक संस्थाहरुलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति लिन आह्वान गरेको थियो ।
यी संस्थाबाट उचित मूल्य निर्धारणगर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थपप्रवेश हुने बोर्डको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्