१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


निर्मला पन्तलाई न्याय माग्नेहरुलाई रिहा गरः शेरबहादुर देउवा


0
Shares

sherbahadur Deuba@Bhaktapur

काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल छाड्न माग गर्नुभएको छ ।

प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि रहेको धनगढीको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएका सात युवालाई प्रहरीले पक्रेको थियो ।

न्यायको माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेकालाई पक्रनु लोकतान्त्रिक मुख्य मान्यता विपरीत भन्दै दउवाले तत्काल रिहा गर्न माग गर्नुभएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा देउवाले लेख्नुभएको छ, ‘धनगढीमा निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरूलाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ । दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य/मान्यता विपरीत हो, पक्राउ परेकालाई तत्काल रिहाइ गर्न माग गर्दछु ।’