६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


शुक्रबारेमा सडक कालोपत्रे हुने भएपछि स्थानीय हर्षित


26
Shares

तेह्रथुम, पुस २५ । तेह्रथुमको सधुवा शुक्रबारे ओख्रे सडक खण्डमा कालोपत्रे भएसँगै स्थानिय खुसी भएक छन् ।

कोसी राजमार्ग सँगै जोडिएको सडक खण्ड कोरोना भाइरसको संक्रमणको जोखिमका कारण केही समय रोकिएपनि पुन सुरु भएको हो ।

७० करोड लागतमा यो सडक कालोपत्रे भइरहेको सडकको अहिले कटिङ, ग्याबिङ, नाली निर्माण लगायतका कामहरु भइरहेको छ ।

१६ किलोमिटर सडक कालोपत्रेको जिम्मा निर्माण कम्पनी ओसिसले गरीरहेको छ ।

हाल सडकको ३० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।