
तस्बिर फाइल
रसुवा, पुस २५ । रसुवामा फुजी जातको स्याउमा किसानको आकर्षण बढेको छ ।
अन्य जातको स्याउ भन्दा मिठो हुने र बजारमा महँगोमा बिक्री हुने भएकोले किसानले फुजी जातको स्याउ रोप्न थालेका हुन् ।
विगत ३ दशकदेखि गोल्डेन र रेड डेलिसियस जातका स्याउ उत्पादन गर्दै आएका किसानले फल कुहिने तथा अमीलो हुने जस्ता समस्या भाग्दै भोग्नु परेको थियो ।
फुजी जातको स्याउ रोपेको एक वर्षमै फल लाग्ने भन्दै किसानहरु उत्साहित भएका छन् ।
बागमती प्रदेश सरकारको ७९ लाख रुपैयाँको आर्थिक लगानीमा ईटालीबाट फुजी र बाला नामका दुई जातका स्याउको बिरुवा ल्याई व्यावसायिक खेती सुरु गरीएको थियो ।
हिमाली जिल्ला मनाङ, जुम्लालगायतका जिल्लाहरुमा भने यो जातको स्याउ खेती यस अघि नै गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्