दाहाल आज स्वदेश फर्कंदै • Image Khabar Image Khabar


दाहाल आज स्वदेश फर्कंदै


Imagekhabar
२५ पुष २०७७, शनिबार ०९:३८

दाहाल आज स्वदेश फर्कंदै

काठमाडौं, पुस २५ । पत्नी सीताको उपचारका लागि भारत गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार (आज) स्वदेश फर्कँदै हुनुहुन्छ ।

मुलुकको राजनीतिक अवस्था जटिल रहेको अवस्थामा पत्नीको स्वास्थ्यमा थप समस्या आएपछि दाहाल दुई छोरीको साथमा गत सोमबार भारत जानुभएको थियो ।

दाहाल पत्नी सीतालाई मुम्बइस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सिटिच्युटमा भर्ना गरिएको छ ।

सीता लाामे समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुनुहुन्छ ।

त्यहाँ उहाँलाई कन्सलट्यान्ट न्यूरोसर्जन डाक्टर आलोक शर्माको टोलीले उपचार गरिरहेको छ ।

पत्नीको उपचार प्रक्रिया अघि बढेकाले छोरीहरुलाई छोडेर दाहाल शनिबार स्वदेश फर्कन लाग्नुभएको हो ।

उपचारका क्रममा केही जटिलता भएा दाहाल पुनः भारत जानसक्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्