
काठमाडौं, पुस २५ । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा भएसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा चुनौती थपिएको भन्दै सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या बढाएको हो ।
यसअघि नेपाली सेनाका कर्णेलको नेतृत्वमा प्रधानमन्त्री ओलीको सुरक्षामा ५० जना भन्दा बढी नेपाली सेनासहितको टोली परिचालित हुने गरेको थियो ।
तर पछिल्लो राजनीतिक घटना क्रमसँगै प्रधानमन्त्री ओली विभिन्न सार्वजनिक कार्यक्रम सहभागी हुन थालेपछि भैरबनाथ गणबाट थप २५ जना प्रधानमन्त्रीको सुरक्षामा खटिएका छन् ।
प्रधानमन्त्री सहभागी हुने सार्वजिनक कार्यक्रमस्थमा यसअघि सादा पोशाकका सुरक्षार्की मात्र खटाइने गरेपनि अब भने हतियारसहितका सुरक्षाकर्मी उपस्थित हुने छन् ।
यस्तै अदालतमा विचाराधिन रहेको प्रतिनिधिसभा विघटनको मुद्दा किनारा नलागेसम्म राष्ट्रपति भण्डारीलाई शितल निवास बाहिर नजान सुरक्षा अधिकारीहरुले सुझाव दिएको बताइएको छ ।
यसैबीच प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पटक पटक भेटवार्ता गर्नुभएको छ ।
यसअघि प्रधानसेनापतिले साप्ताहिक रुपमा नियमित भेटघाट गर्ने गरेपनि पछिल्ला दिनहरुमा दोस्रो तहका अधिकारीहरुसहित प्रधानमन्त्री ओलीसँग भेटघाट बढाउनुभएको हो ।
प्रधानसेनापति थापाले प्रधानमन्त्री ओलीसँग भेटघाट बढाएसँगै बढुवाको लाइनमा रहेका दोस्रो तहका सैनिक अधिकारीहरुले असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्