
PRAVIN MUDHOLKA
काठमाडौं, पुस २५ । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ ।
महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको बीबीसीले जनाएको छ ।
शनिबार बिहान दुई बजेतिर अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो ।
त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ ।
भण्डारा मुम्बईबाट ९०० किलोमिटरको दूरीमा रहेको छ ।
अस्तालमा आगो लागेसँगै भरिएको धुवाँमा निसासिएर ती नवजात शिशुहरुको मृत्यु भएको बताइएको छ ।
अस्पतालका अनुसार तीन–चार जनाको जलेर मृत्यु भएको छ भने बाँकीले अक्सिजन नपाएर ज्यान गएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्