राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने • Image Khabar Image Khabar


राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने


Imagekhabar
२६ पुष २०७७, आईतवार १४:२७

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने

काठमाडौं, पुस २६ । मन्त्रीपरिषदको आकस्मिक बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अब राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने छ ।

चारवटा बैठक बसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको हो ।

राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आजै थारु आयोगको प्रतिवेदन पेश गर्ने र संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्