
पोखरा, पुस २६ । राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनमा आफु केही टिप्पणी नगर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटनमा आफ्नो कुनै प्रतिक्रिया नरहेको र यसको व्याख्या सर्वोच्चले गर्ने उहाँको भनाई छ ।
नेकपा नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दैै उहाँले ताजा जनादेशको लागि चुनावमा जान उपयुक्त हुने बताउनुभयो ।
फरक प्रसंगमा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र पुनःस्थापना पार्टीको पहिलेदेखिको एजेण्डा भएको बताउनुभयो ।
यही एजेण्डा लिएर आफूहरु जनतामा जाने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्