१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनप्रतिनिधिसँग अर्थमन्त्रीको छलफल सुरु, पूँजीगत खर्च बढाउन आग्रह


0
Shares

काठमाडौं, पुुस २६ । अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तह पुगेको रकम खर्च हुन नसकेपछि पुँजीगत खर्च बढाउन स्थानीय जनप्रतिनिधीसँग छलफल सुरु गर्नुभएको छ ।

आइतबार मन्त्रालयमा नगरपालीका संघका अध्यक्ष अशोक ब्यान्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधीलाई स्थानीय तहमा खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न आग्रह गर्नुभयो ।

स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन ।

स्थानीय तहमा कोभिड प्रभावित घरपरिवारलाई सहयोग तथा प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गरि पुँजीगत खर्च बढाउन मन्त्री पौडेलले आग्रह गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ ।