१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाहाल-नेपाल पक्षका २१ जना सांसदले गरे संसद बहिस्कार


0
Shares

काठमाडौं, पुस २६ । राष्ट्रियसभामा प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा दाहाल-नेपाल पक्षका सांसदले संसद बहिस्कार गरेका छन ।

प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सल्लाहअनुसार आफूहरुले बहिस्कार गरेको दाहाल-नेपाल पक्षीय सांसदको भनाई छ ।

राष्ट्रियसभामा नेकपाका ५० मध्ये दाहाल-नेपाल पक्षमा २१ जना सांसद छन ।

संसदीय दलका नेता दिनानाथ शर्मा र पार्टी उपाध्यक्ष वामदेव गौतम तटस्थ छन ।

उनीहरु दुवै प्रधानमन्त्रीको सम्बोधन चल्दा बैठकमा बसेका थिए ।