१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चाकु बनाउन टोखाका १५ भन्दाबढी उद्योगलाई भ्याईनभ्याई


0
Shares

काठमाडौं, पुस २६ । माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई भएको छ ।

माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले यो समयमा चाकुको खपत पनि बढी हुन्छ ।

यस वर्ष कोरोना (कोभिड–१९) को प्रभावका कारण चाकुको माग कम भए पनि काठमाडौंको टोखाका उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ ।

टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् ।

सख्खरलाई पकाएर राम्रोसँग फेटेपछि निर्माण हुने चाकु माघे सक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ ।

चाकु बनाउन पहिला उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ ।

हिजोआज टोखामा तराईबाट खरिद गरी ल्याइएको सख्खरबाट चाकु बनाइन्छ ।

५० केजी चाकु बनाउन करिब ५ घण्टा लाग्ने गरेको उद्यमी श्रेष्ठको भनाई छ ।

चाकु उत्पादनमा टोखा प्रसिद्ध भएको कारण मानिसहरु चाकु किन्नका टोखासम्म पुग्ने गर्छन ।

टोखाको चाकु उपत्यकामा धेरै विक्री हुने गर्छ भने विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरु बताउँछन् ।