१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री ओली राष्ट्रिय सभामै बहिष्कृत !


0
Shares

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी ओली संसदमै बहिष्कारमा पर्नुभएको छ ।

राष्ट्रिय सभामा नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी ओलीले सम्बोधन गर्दा नेकपाकै अर्को समूह दाहाल–नेपाल पक्षका सांसदले संसद बहिस्कार गरेका हुन् ।

प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सल्लाहअनुसार आफूहरुले बहिष्कार गरेको दाहाल–नेपाल पक्षीय सांसदले बताए ।

राष्ट्रियसभामा नेकपाका ५० मध्ये दाहाल–नेपाल पक्षमा २१ जना सांसद छन् । संसदीय दलका नेता दिनानाथ शर्मा र पार्टी उपाध्यक्ष वामदेव गौतम तटस्थ देखिनुभएको छ ।

उहाँहरु दुबै प्रधानमन्त्रीको सम्बोधन चल्दा बैठकमा हुनुहुन्थ्यो ।