
सोलुखुम्बु, पुस २६ । सोलुखुम्बुको लिखुपिके गाँउपालिका ३ स्थित लिखुखोलामा निर्मित मोटरेबल पुल सञ्चालनमा आएको छ ।
सोलुखुम्बु र रामेछाप जोड्ने गरी निर्माण गरिएको मोटरेबल पुलको निवर्तमान सांसद तथा नेकपाका केन्द्रिय सदस्य हेमकुमार राई र लिखुपिके गाँउपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
आर्थिक वर्ष २०६९÷७० बाट निर्माण सुरु भएको पुलको काम निर्माण कम्पनी सिरुवा जेभी कन्ट्रक्सनले बिचैमा छोडेपछि लामो समयसम्म अलपत्र बनेको थियो ।
गाँउपालिकाले पटक पटक ध्यानार्षण गराउँदा पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि पुनः एमबी दोभान हाईड्रोपावरलाई निर्माणको जिम्मा दिइएको थियो ।
स्विस सरकारको साढेतीन करोड रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।
यसै अवसरमा यही पुलदेखि पिके डाँडासम्म पदमार्ग निर्माणका लागि शिलान्यास गरिएको छ ।
पर्यटकीय सम्भावना बोकेको पिके डाँडासम्म सहजरुपमा पर्यटकलाई पुर्याउने उद्देश्यका साथ १८ किलोमिटर लामो पदमार्ग निर्माण गरिने भएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्