१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनेरास्ववियूद्वारा बयलगाढा प्रदर्शन


0
Shares

काठमाडौं, पुस २६ । प्रतिनिधिसभा विघटन विरुद्ध अनेरास्ववियूका विद्यार्थी नेताहरूले बयलगाढा प्रदर्शन गरेका छन् ।

आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल-नेपाल पक्षले बयलगाढा सहित प्रदर्शन गरेको हो ।

काठमाडौं स्थित थापाथली क्याम्पसमा भेला भएर अनेरास्ववियूका विद्यार्थी नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएका थिए ।

विगतमा ओलीले ‘गणतन्त्र ल्याउँछौ भन्नू बयलगाढा चडेर अमेरिका पुग्नु जस्तै हो ।’

भनेको तर नेपालमा गणतन्त्र स्थापना भएको र अहिले ओलीले गणतन्त्र को उपलब्धि लाई संकटमा पार्ने गरी संसद विघटन गरेकाले त्यसको विरोधमा बयलगाढा सहित प्रदर्शन गरिएको अनेरास्ववियूका केन्द्रिय कमिटी सदस्य अशोक थापाले बताउनुभयो ।

ओलीको यो कदम अलोकतान्त्रिक, असंबैधानिक रहेकाले विरोध गर्नुपरेको उहाँले बताउनुभयो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अनेरास्ववियूले निरन्तर आन्दोलनरत छ ।

उक्त प्रदर्शनमा अनेरास्ववियूका सह संयोजक रन्जित तामाङ लगाएत विद्यार्थी नेताहरूको सहभागीता रहेको थियो ।