
नवलपुर, पुस २६ । उर्जा तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले मुलुकको राजनीतिले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ ।
ओली समुहको नेकपा नवलपुरले आइतबार कावासोतीमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दे उहाँले अहिलेको अवस्थालाई बुझ्न नसके ठूलो दुर्घटना निम्तिनसक्ने खतरा बढेको बताउनुभयो ।
पुर्व नेकपा एमालेलाई आवश्यकता र माओवादी केन्द्रलाई बाध्यता भएकै कारण पार्टी एकता गरिएको तर अहिले घातक सावित भएको मन्त्री रायमाझीको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्