२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी प्रदेशसभामा बजेटको कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको आलोचना


0
Shares

पोखरा, पुस २६ । गण्डकी प्रदेश सभाको आइतबारको बैठकमा सदस्यहरुले विनियोजित बजेटको कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

बजेट कार्यान्वयनसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै प्रदेश सभा सदस्य ललितकला गुरुङले बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

सरकारका तीनवटा बजेट सन्तोषजनक नदेखिएको भन्दै उहाँले यस वर्ष बजेटको कार्यान्वयन नहुनुमा कोरोनालाई कारण देखाइए पनि त्यो अर्ध सत्य रहेको उल्लेख गर्नुभयो ।

प्रस्तावको समर्थन गर्दै प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठले प्रदेश सरकारलाई जनअपेक्षाका विषयमा जति घचघच्याए पनि सुनुवाइ नभएको आरोप लगाउनुभयो ।

हालसम्म सडक पुल, झोलुङ्गे पुल, शहरी विकासमा जम्मा १४ वर्ष प्रतिशत काम भएको बताउँदै श्रेष्ठले विनियोजित रकम खर्च गर्न नसकेको बताउनुभयो ।

बैठकमा भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले लक्षित योजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

आर्थिक वर्षको बाँकी अवधिमा लक्षित कार्यक्रम सम्पन्न हुने उहाँको भनाइ छ ।