
विराटनगर, पुस २६ । त्यसैगरी मोरङमा पनि दाहाल–नेपाल पक्षको अनेरास्ववियूले बयलगाडाको व्यङग्यात्मक जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरुले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर गणतन्त्र र नेपालको संविधानलाई असफल बनाउन खोजेको आरोप लगाए ।
प्रतिनिधिसभा पुनःस्थापना नभए मुलुक दुर्घटनामा जाने भन्दै उनीहरुले विरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्