१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरभित्र माघदेखि विद्यालय खोल्ने तयारी, अभिभावक भने बालबालिकालाई तत्काल पठाउन अनिच्छुक


0
Shares

काठमाडौं, पुस २६ । काठमाडौं महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ ।

कोरोना (कोभिड–१९) संक्रमणको कारण बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो ।

संक्रमण घट्दै गएको र सरकारले पनि बिस्तारै बन्द रहेका संस्थाहरु खोल्ने तयारी गरिरहेको सन्दर्भमा माघको पहिलो हप्तादेखि विद्यालय सञ्चालनको तयारी गरेको काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताउनुभयो ।

अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने तत्कालै विद्यालय खोल्नु नहुने बताउनु भएको छ ।

विदेशमा कोरोनाको नयाँ संक्रमण फैलिएको भन्दै उहाँले जाडो मौसम सकिएपछि विद्यालय खोल्नु उचित हुने तर्क गर्नुभयो ।

विभिन्न देशमा कोभिड–१९ संक्रमणको दोस्रो रुप आएको भन्दै अविभावकहरु छोराछोरीलाई विद्यालय पठाउन डराइरहेका छन् ।

बालबालिकाहरु जनस्वास्थ्य मापदण्ड पालना गर्न अभ्यस्त नभएकाले पनि तत्काल विद्यालय सञ्चालन गर्न नहुने अभिभावक रविन्द्र ओझाले बताउनुभयो ।

कतिपय स्थानीय तह सरकारको आधिकारिक निर्णयको प्रतिक्षामा छन् भने केही ठाउँमा विद्यालय सञ्चालनमा आएपनि प्रभावकारी रुपमा पठन–पाठन हुन सकेको छैन ।