२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


झापा स्पोर्टस अवार्ड फागुन २८ गते हुने


0
Shares

झापा, पुस २६ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ ।

मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी दिएको हो ।

वि.स. २०७४ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो चौथो संस्करण हो ।

बिर्तामोडमा आयोजना हुने अवार्ड २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिनुभयो ।

अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ ।

साविक मेची अञ्चलका इलाम, पाँचथर, ताप्लेजुङ र झापाका खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।

विगतका वर्षमा जस्तै यस वर्षका उत्कृष्ट खेलाडी प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ६ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो ।

विगतमा झैँ उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला विधाका विजेतालाई स्कुटर प्रदान गरिनेछ ।

युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ३५ हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने मञ्चले जनाएको छ ।