२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा फेरि नयाँ रेकर्ड


0
Shares

काठमाडौं, पुस २६ । आइतबार शेयर बजारमा फेरि नयाँ रेकर्ड कायमभयो ।

बजार परिसुचक नेप्समा पुनः ऐतिहासिक रेकर्ड कायम भएको हो ।

उतारचढाव बिच नेप्से ४१ अंकले उकालो लागेर २२ सय ३५ को उचाई कायमभयो ।

यसदिन कारोबारमा पनि सुधार आयो ।

यस दिन कारोबार भएका अधिकांशजसो समुह सकारात्मक रहे ।

विकास बैंक समुह सबैभन्दा उच्च ८८ अंकले उकालो लाग्दा व्यापार समुह ७८ अंकले उक्लियो ।

वाणिज्य बैंक, होटल, जलविद्युत, नीर्जिवन बिमा, लघुवित्त, उत्पादन मुलक र वित्त समुह दोहोरो अंकले सुधारिए ।

आइतबार मात्र जीवन बिमा समुह १७ अंकले ओरालो लाग्यो ।

यसदिन १ सय १७ कम्पनीको शेयर मुल्य बढ्दा ४४ कम्पनीको ओरालो लाग्यो ।

यसदिन सबैभन्दा बढि कमाउनेमा प्रभु लाईफ ईन्सोरेन्स अग्रस्थानमा आँउदा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पच्छयाउन पुग्यो ।

यसदिन प्रभु बैंकको सबैभन्दा बढि शेयर कारोबार हुँदा निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढि गुमाउन पुग्यो ।

यसदिन २ सय ७ कम्पनीको १ करोड ५ लाख कित्ता शेयर ६ अर्ब ३२ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।