
काठमाडौं, पुस २६ । राजस्व अनुसन्धान विभागले झुुटा तथा नक्कली बिल बनाई राजस्व चुहावट गर्ने विभिन्न फर्म तथा कम्पनी माथी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले नक्कली बिल बिजक बनाई राजस्व चुहावट गर्र्ने विभिन्न फर्म तथा फर्म सञ्चालकमाथी १ अर्ब ३२ करोड ९५ लाख बिगो मागदाबी सहित उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
नक्कली बिल बिजक बनाई राजस्व छली गर्ने बारा सिमराको न्यु सयपत्री ईन्टरप्राईजेजका प्रोपाईटर विवेक मगर समेत १३ फर्मका संचालक तथा मुख्य कारोबारी मनिष कुमार गरी १५ जनाबाट १ अर्ब २२ करोड रकम बिगो असुल गरि कैद मागदाबी सहित उच्च अदालतमा मुद्धा दायर गरेको विभागले जनाएको छ ।
न्यु सयपत्री ईन्टरप्राईजेज लगायत विभिन्न १३ फर्म तथा कम्पनीले कमजोर आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरि झुटा कारोबार गर्ने गरेको विभागले जनाएको छ ।
यस्तै बारा जिल्लाकै संकित जेनरल सप्लायर्सका संचालक सुबोध शाहमाथी १२ करोड ७५ लाख मागदाबी गर्दै मुद्धा दायर गरेको छ ।
संचालक शाहले कुनै वस्तु तथा सेवा आयात नै नगरी विभिन्न कम्पनीलाई झुटा बिल बिजक उपलब्ध गराई जालसाझी गरेको आरोपमा विभागले १२ करोड ७५ लाख मागदाबी गर्दै मुद्धा दायर गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्